Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

पछिल्लो २४ घण्टामा थपिए ८४१८ कोरोना संक्रमित, ५३ को मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ८४१८ कोरोना संक्रमित, ५३ को मृत्यु


  • 5.9K
    Shares

    पछिल्लो २४ घण्टामा  थपिए  ८४१८ कोरोना संक्रमित, ५३ को मृत्यु
    images

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ८२ सय ८७ जना संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लाका प्रयोगशालामा गरिएको १७ हजार ३ सय १५ पीसीआर परीक्षणबाट ८२ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ । 

    यस्तै सोही अवधिमा ५३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो समेत गरी मृतकको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।

    २४ घण्टामा एन्टिजेन विधिबाट गरिएको ९ सय ९८ परीक्षणमा १ सय ३१ जनामा पोजिटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना डिस्चार्ज भएका छन् ।

     

    प्रकाशित मिति :बैशाख २५ २०७८ शनिवार - १७:३९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij