Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

क्षतीग्रस्त संरचना संचालन गर्न कामना सेवा विकास बैंकको सहयोग

क्षतीग्रस्त संरचना संचालन गर्न कामना सेवा विकास बैंकको सहयोग


  • 365
    Shares

    क्षतीग्रस्त संरचना संचालन गर्न कामना सेवा विकास बैंकको सहयोग
    images

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं ३० लाई कार्यालय संचालन गर्नको लागि टेबल कुर्सी हस्तान्तरण गरेको छ ।

    जेन जीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा उक्त कार्यालयका सम्पुर्ण उपकरण तथा फर्निचरहरु जलेर नष्ट भएको थियो । कामना सेवा विकास बैंकका ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक लक्ष्मी ढकालले वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई उक्त फर्निचरहरु हस्तान्तरण गरे ।

    उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले आन्दोलनका क्रममा क्षती पुगेका संरचनामा सहयोग गरि कार्यालय सञ्चालन गर्न सहयोग गर्नुभएकोमा बैंकलाई धन्यवाद दिदै अन्य सरोकारवालाहरुलाई पनि पुनःनिर्माणमा जुट्न आव्हान
    गरे ।

    बैंकले आन्दोलनका क्रममा कार्यालयका उपकरण सहित सम्पूर्ण भौतिक संरचना जलेर नष्ट भएकोजिल्ला प्रहरी कार्यालय, कास्कीलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । कार्यालय पुर्ण रुपमा जलेर नष्ट भई कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा रहेकोमा तत्काल आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर बैंकका पोखरा क्षेत्र प्रमुख शिव कुमार ढकालले जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी हरि बहादुरबस्नेतलाई हस्तान्तरण गरे ।

    बैंकले आन्दोलनका क्रममा क्षतीग्रस्त भएका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरु पुनःनिर्माण, मर्मत सम्भार तथा आवश्यक सामाग्री हस्तान्तरण गर्न थालेको छ ।

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १४:५६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij