२०८२ भाद्र २ गते सोमवार
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका-१ मा गएराती बा १५ च ३९२० नम्बरको बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय १८ वर्षीय दिनेश स्याङतान रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बलेरो चालकसहित घाइते ५ जनाको चुरेहिल अस्पताल हेटौडामा उपचार भइरहेको छ । उक्त गाडी बेसिघाटबाट हेटौडाबजारतर्फ जाँदै गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij