२०८२ भाद्र २६ गते बिहिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्तालाई शान्तिपूर्ण निकासका लागि अपिल गरेका छन् । जेनजीको दुई दिनको आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि प्रचण्डले यस्तो आह्वान गरेका हुन् ।
आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्- सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद रुपमा तपाई हाम्रासामु देखिएको छ। भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लियो ।
प्रचण्डले भने, जेन जी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चायो । सामाजिक सञ्जाल प्रतिवन्ध तथा भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन सही थियोे तर त्यसमाथि सरकारले पहिलो दिनमै बर्बर दमन र नरसम्हार मच्चायो ।
अज्ञातस्थलबाट प्रचण्डले जारी गरेको विज्ञप्तिको पूर्णपाठ हेर्नुहोस्–
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij