२०८२ भाद्र २३ गते सोमवार
काडमाडौं । जेनजीले आह्वान गरेको सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको छ।
बानेश्वरमा प्रदर्शनकारीलाई ब्यारिकेड तोड्न छोडिदिएपछि प्रदर्शनकारी संसद् भवन प्रवेश गर्ने क्रममा अश्रुग्यास प्रहार भएको थियो। तर त्यसपछि भने भीड नियन्त्रणबाहिर गएसँगै प्रहरीले दमन गरेको हो।
प्रहरी दमनपछि हवाइ फायर, अश्रुग्यासबाहेक गोली चलेको थियो। त्यसपछि यो समाचार तयार पार्दासम्म कम्तीमा १० जनाको मृत्यु पुष्टि भइसकेको छ। घाइते धेरै भएकाले विभिन्न अस्पतालमा यो संख्या बढ्न सक्नेछ। शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शन उग्र बनेको हो। आज देशैभर जेनजीले प्रदर्शन गरिरहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij