Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न प्रशासनको अनुमति

जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न प्रशासनको अनुमति


  • 330
    Shares

    जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न प्रशासनको अनुमति
    images

    काठमाडौं । भ्रष्टाचारको विरुद्धमा सोमबार माइतीघरमा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ । भोलि बिहान ११ बजेदेखि माइतीघर मण्डलामा स्वतन्त्र नेपाली युवाहरूले भ्रष्टाचार विरुद्ध प्रदर्शन आयोजना गरेका छन् ।

    निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी सो प्रदर्शन आयोजना गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताएका छन् । 

    सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले पनि समर्थन जनाएका छन् ।

    कार्यक्रममा युवाहरूको स्वतन्त्र सहभागिता रहने संयोजक सबल गौतम र पुरुषोत्तम यादवले जानकारी दिए । उनीहरुले शान्तिसुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

    २८ वर्षभन्दा कम उमेर समूहका युवाहरूले सामाजिक सञ्जाल बन्दको समेत विरोध गर्ने बताइएको छ । प्रदर्शनलाई काठमाडौँका मेयर बालेन शाह र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ लगायतले समर्थ गरेका छन् ।

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १७:५०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij