Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

गुजरातमा रोपवेको केबल भाँचिदा ६ जनाको मृत्यु

गुजरातमा रोपवेको केबल भाँचिदा ६ जनाको मृत्यु


  • 253
    Shares

    गुजरातमा रोपवेको केबल भाँचिदा ६ जनाको मृत्यु
    images

    काठमाडौं । भारतको गुजरात राज्यको पञ्चमहल जिल्लाको पावागढ यात्रा मार्गमा रोपवेको केबल भाँचिदा ६ जनाको मृत्यु भएको छ । 

    सामान बोकेको लिफ्ट दुर्घटनाग्रस्त भएको पञ्चमहलका आवासीय अतिरिक्त कलेक्टर जेजे पटेलले बताएका छन् । यसका कारण छ जनाको मृत्यु भएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको पनि पटेलले बताएका छन् ।

    निर्माण सामग्री बोकेको ट्रलीको तार भाँचिँदा दुर्घटना भएको बीबीसी गुजराती सेवा संवाददाता दक्षेश शाहले बताएका छन् । सामान बोकेको रोपवे भक्तजनहरूको आवतजावत गर्ने रोपवेभन्दा फरक हुन्छ । दुर्घटनापछि, अर्को सूचना जारी नभएसम्म भक्तजनहरूको लागि पनि रोपवे सेवा बन्द गरिएको छ । 

    शाहका अनुसार, ‘सामान मर्मतका लागि लैजाँदै गर्दा रोपवेको तार भाँचियो र क्याबिन तल खस्यो । क्याबिनको भग्नावशेष तल तालमा खसेको छ ।’ पावागढमा रहेको महाकाली माताको मन्दिर हिन्दुहरूको आस्थाको केन्द्र हो । 

     

     

     

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १२:३८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij