Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

आज २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

आज २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक


  • 288
    Shares

    आज २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पनि २५ अर्ब निक्षेप खिच्दैछ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको हो ।

    अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २२ दिनको लागि राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको छ आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । 

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । 

     

     

     

     

     

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १२:२१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij