Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ताप्लेजुङमा एकैदिन ४८ जनामा कोरोना संक्रमण पुष्टि

ताप्लेजुङमा एकैदिन ४८ जनामा कोरोना संक्रमण पुष्टि


  • 6.8K
    Shares

    ताप्लेजुङमा  एकैदिन ४८ जनामा कोरोना संक्रमण पुष्टि

    ताप्लेजुङ । ताप्लेजुङमा एकैदिन ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ताप्लेजुङको फुङ्लिङस्थित तोक्मेका  ४८ जनामा कोरोना पुष्टि भएको हो ।

    ५८ जनाको कोरोना परीक्षण गरउदा ४८ जनामा संक्रमण देखिएपछि गाँउ नै सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । 

    संक्रमित मध्ये  २४ महिला र २४ पुरुष रहेका छन् । ताप्लेजुङमा बुधबार ३२ जना कोरोना संक्रमित थपिएका थिए । पिसिआर परीक्षणबाट देखिएका ९६ र एन्टिजेन परीक्षणबाट देखिएका १० गरी अहिले ताप्लेजुङमा १ सय ६ जना संक्रमित पुगेका छन् ।

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १६:५३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij