Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पाल्पामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

पाल्पामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु


  • 6.3K
    Shares

    पाल्पामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

    पाल्पा । पछिल्लो २४ घण्टामाा पाल्पामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान दुई जनाको र बिहीबार राति चार जनाको ज्यान गएको हो ।

    शुक्रबार बिहान तानसेन नगरपालिका–३, भगवती टोलका ५६ वर्षीय पुरुषको मिसन अस्पतालमा र ५२ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

    बिहीबार तानसेन नगरपालिका–१ की ८१ वर्षीया महिलाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो । लुम्बिनी मेडिकल कलेजमा उपचाररत रैनादेवी छहरा गाउँपालिकाको सर्देवास्थित सिजी कम्पनीमा कार्यरत एक जना भारतीय पुरुषको मृत्यु भएको छ ।

    यस्तै, तिनाउ गाउँपालिका–३ का एक शिक्षकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्याङ्जा स्थायी घर भइ पाल्पाको माथागढी गाउँपालिका–३ सराईमा डेरा गरी बस्ने २५ वर्षीया महिलाको समेत बिहीबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १५:३६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij