Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसनबीच व्यावसायिक सम्झौता

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसनबीच व्यावसायिक सम्झौता


  • 1.0K
    Shares

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसनबीच व्यावसायिक सम्झौता

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसनबिच विस्तारित बैंकिंङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो ।

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र मेडिकल एसोसिएसन तर्फ अध्यक्ष डा। अनिल बिक्रम कार्कीबाट हस्ताक्षर भइ सो व्यावसायिक सेवा आरम्भ गरिएको छ ।

    यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ । सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु मार्फत प्रोफेशनल बचत खाता खोलि दस लाखको दुर्घटना बीमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा र डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिएका छन् ।

     

    images
    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - १७:३८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij