Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एकै दिन तोलामा ११ सयले बढ्यो सुनको मूल्‍य

एकै दिन तोलामा ११ सयले बढ्यो सुनको मूल्‍य


  • 6.3K
    Shares

    • images
    एकै दिन तोलामा ११ सयले बढ्यो सुनको मूल्‍य
    images

    काठमाडौं । सुनको मूल्‍य तोलामा एकैदिन एक हजार एक सय रुपैयाँले बढेको छ । बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य शुक्रबार ९१ हजार सात सय रुपैयाँ पुगेको छ ।

    अन्तराष्ट्रिय बजारमा बढेको मूल्‍यका कारण नेपाली बजार पनि प्रभावित हुनु मूल्‍य बढ्नुको एक मात्र कारण रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार तेजाबी सुनको मूल्‍य ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावल सुनको कारोबार मूल्य ९० हजार एक सय रुपैयाँ प्रतितोला थियो ।

    यस्तै आज चाँदीको मूल्‍य पनि तोलामा १५ रुपैयाँ मात्रैले बढेको छ । हिजो १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य आज १३३० रुपैयाँ तोकिएको छ ।

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १२:२६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij