Logo

२०८२ कार्तिक ८ गते शनिवार

२०८२ कार्तिक ८ गते शनिवार

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई सिपी हस्पिटलमा २० प्रतिशतसम्म छुट

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई सिपी हस्पिटलमा २० प्रतिशतसम्म छुट


  • 974
    Shares

    एन आई सी एशिया बैंकका ग्राहकहरुलाई सिपी हस्पिटलमा  २० प्रतिशतसम्म छुट
    images

    काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

    यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन् ।

    यस बैंकका ग्राहक महानुभावहरुले OPD, Pathology, X-Ray, USG, Endoscopy, Colonoscopy, Normal Bed, HDU Bed/ICU, A/C Cabin, Surgery, Medicine, CT Scan जस्ता सेवाहरुमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने भएका छन् । यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक  एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

    उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 
     

    प्रकाशित मिति :भाद्र १३ २०८२ शुक्रवार - १६:२९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij