Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

तीज सकिएसँगै अब बजारमा दशैँको चहलपल सुरु, टीका आउन ३६ दिन बाँकी

तीज सकिएसँगै अब बजारमा दशैँको चहलपल सुरु, टीका आउन ३६ दिन बाँकी


  • 456
    Shares

    • images
    तीज सकिएसँगै अब बजारमा दशैँको चहलपल सुरु, टीका आउन ३६ दिन बाँकी
    images

    काठमाडौं । यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्। नारीको विशेष पर्व हरितालिका तीज सकिएसँगै अब बजारमा दशैँको चहलपल सुरु हुन्छ। दशैँ आउन अब मात्र २६ दिन बाँकी छ।

    यो वर्ष असोज महिनामै नेपालीको महान् पर्व बडादशैँ रहेको छ। असोज ६ गते घटस्थापनाबाट दशैँ सुरु हुन्छ। सामान्यतया हिन्दुले सोह्रश्राद्धसँगै दशैँ सुरु भएको मान्दछन्। अबको १२ दिनमा सोह्रश्राद्ध सुरु हुन्छ। भदौ २३ गतेदेखि सोह्रश्राद्ध आरम्भ हुन्छ। हिन्दु संस्कार अनुसार सुरुमा पितृको सम्झना गरिसकेपछि दशैँ सुरु हुन्छ।

    अबको ३३ दिनमा फूलपाती रहेको छ। दशैंको टीका अगाडिको प्रमुख दिनका रुपममा मानिने फूलपाती असोज १३ गते रहेको छ।
    अबको ३४ दिनमा महाअष्टमी छ। असोज १४ गते महाअष्टमी सकिने छ भने असोज १५ गते महानवमी छ। आजको ठिक ३६ दिनपछि विजया दशमीको टीका छ।

    असोज १६ गते दशैँको टीका लगाएसँगै कतिपय ठाउँमा दशैँ सकिन्छ। कतिपय ठाउँमा भने जोगाग्रत पूर्णिमा अर्थात् असोज २० गतेसम्म नै दशैँ मान्ने चलन छ। सरकारी बिदा भने असोज १३ गते फूलपातीदेखि असोज १८ गते द्वादशीसम्म गरेर ६ दिन रहेको छ।
    दशैँको चहलपहल भएसँगै सहरबाट गाउँ पुग्नेको संख्या बढ्छ। केही साता अगाडि नै गाउँगाउँ पुग्ने गाडीका लागि टिकट खुल्छ। दशैँले सहरको मात्र होइन गाउँको चहलपहलसमेत बढाउने गर्दछ।

    पढाइ र रोजगारीका लागि सहर पसेका परिवारका सदस्यले दशैँ जस्ता चाडपर्वमा गाउँगाउँमा खुशी लिएर फर्किने छन्।

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - ०८:४२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij