Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यूएईमा एकै महिना ३२ जना नेपालीको मृत्यु

यूएईमा एकै महिना ३२ जना नेपालीको मृत्यु


  • 442
    Shares

    यूएईमा एकै महिना ३२ जना नेपालीको मृत्यु
    images

    खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा एकै महिना ३२ जना नेपालीको मृत्यु भएको छ । 

    यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका ३२ नेपालीको मृत्यु भएको हो ।
     
    अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना यूएईमा ३० जना नेपालीले ज्यान गुमाएका थिए । नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो । गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो ।

    अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटु सम्बन्धी रोगलगायत कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

    प्रकाशित मिति :भाद्र ७ २०८२ शनिवार - २०:०४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij