Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

नबिल बैंकबाट बाहिरिँदै भारतीय वित्तीय संस्था, झण्डै १२ लाख कित्ता शेयर बिक्रीमा

नबिल बैंकबाट बाहिरिँदै भारतीय वित्तीय संस्था, झण्डै १२ लाख कित्ता शेयर बिक्रीमा


  • 1.8K
    Shares

    नबिल बैंकबाट बाहिरिँदै भारतीय वित्तीय संस्था,  झण्डै १२ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । नबिल बैंकबाट भारतीय वित्तीय संस्था मुत्तुट फाइनान्स लिमिटेड बाहिरिने भएको छ। नबिल बैंकमा रहेको आफ्नो शेयर बेचेर भारतको कोचीस्थित मुत्तुट फाइनान्स बाहिरिन लागेको छ।

    उक्त फाइनान्सको नाममा रहेको नबिल बैंकको ११ लाख ९८ हजार ५३१ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। यो शेयर खरिदका लागि हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन पाउँछन् ।

    इच्छुक संस्थापक शेयरधनीले काठमाडौंमा रहेको बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।  तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेको खण्ड अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ । 

     

    images
    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १४:४२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij