Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सहकारी बैंक नयाँबजार शाखाको आयोजनामा ‘गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण’ तालिम सम्पन्न

सहकारी बैंक नयाँबजार शाखाको आयोजनामा ‘गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण’ तालिम सम्पन्न


  • 1.9K
    Shares

    सहकारी बैंक नयाँबजार शाखाको आयोजनामा ‘गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण’ तालिम सम्पन्न

    काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड नयाँबजार शाखाको आयोजनामा ‘सहकारीमा गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण’ सम्बन्धी तालिम बुधबार सम्पन्न भएको छ । 

    सहकारी संस्थाहरूको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०७३ का प्रावधानहरू, विद्यमान ऐन तथा कानुनी संरचना, शंकास्पदरसीमा कारोबार लगायतका विषयमा जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको शाखा प्रमुख विनिता विष्टले बताए ।

    r1.jpg

    तालिम समापन कार्यक्रममा बोल्दै बैंकका सञ्चालक ध्रुवराज विष्टले राज्यबाट जारी गरिएका नीति तथा निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सहकारीको साख बढाउन सबै सहकारीकर्मी एकजुट हुनुपर्नेमा जोड दिए ।

    उनका अनुसार, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनद्वारा सहकारी संस्थाहरूमा हुने वित्तीय कारोबारलाई स्वच्छ र पारदर्शी बनाउन तालिमले सहयोग पुग्ने बताए ।

    कार्यक्रममा सहकारी विभागका उप-रजिस्ट्रार शशि कुमार लम्सालले सहजीकरण गरेका थिए । उनले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन, नियमावली, निर्देशनसहित सहकारीका लागि कानुनी प्रावधानहरूको विस्तृत जानकारी दिए। 

    तालिममा नयाँबजार क्षेत्रका विभिन्न सहकारी संघ संस्थाबाट ३४ जना प्रतिनिधिको सहभागिता रहेको थियो । सहभागीहरूले तालिमलाई अत्यन्तै उपयोगी भन्दै, सिकेका ज्ञानलाई आफू संलग्न सहकारी संस्था तथा आसपासका सहकारीहरूमाझ पनि प्रयोग र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    r2.jpg

    r3.jpg

    images
    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १०:३८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij