Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सहकारी बैंक नयाँबजार शाखाको आयोजनामा ‘गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण’ तालिम सम्पन्न

सहकारी बैंक नयाँबजार शाखाको आयोजनामा ‘गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण’ तालिम सम्पन्न


  • 344
    Shares

    सहकारी बैंक नयाँबजार शाखाको आयोजनामा ‘गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण’ तालिम सम्पन्न
    images

    काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड नयाँबजार शाखाको आयोजनामा ‘सहकारीमा गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण’ सम्बन्धी तालिम बुधबार सम्पन्न भएको छ । 

    सहकारी संस्थाहरूको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०७३ का प्रावधानहरू, विद्यमान ऐन तथा कानुनी संरचना, शंकास्पदरसीमा कारोबार लगायतका विषयमा जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको शाखा प्रमुख विनिता विष्टले बताए ।

    r1.jpg

    तालिम समापन कार्यक्रममा बोल्दै बैंकका सञ्चालक ध्रुवराज विष्टले राज्यबाट जारी गरिएका नीति तथा निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सहकारीको साख बढाउन सबै सहकारीकर्मी एकजुट हुनुपर्नेमा जोड दिए ।

    उनका अनुसार, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनद्वारा सहकारी संस्थाहरूमा हुने वित्तीय कारोबारलाई स्वच्छ र पारदर्शी बनाउन तालिमले सहयोग पुग्ने बताए ।

    कार्यक्रममा सहकारी विभागका उप-रजिस्ट्रार शशि कुमार लम्सालले सहजीकरण गरेका थिए । उनले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन, नियमावली, निर्देशनसहित सहकारीका लागि कानुनी प्रावधानहरूको विस्तृत जानकारी दिए। 

    तालिममा नयाँबजार क्षेत्रका विभिन्न सहकारी संघ संस्थाबाट ३४ जना प्रतिनिधिको सहभागिता रहेको थियो । सहभागीहरूले तालिमलाई अत्यन्तै उपयोगी भन्दै, सिकेका ज्ञानलाई आफू संलग्न सहकारी संस्था तथा आसपासका सहकारीहरूमाझ पनि प्रयोग र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    r2.jpg

    r3.jpg

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १०:३८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij