Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

४६ पछि अष्ट्रेलियामा पुनः मृत्यु कर ल्याउने तयारी

४६ पछि अष्ट्रेलियामा पुनः मृत्यु कर ल्याउने तयारी


  • 491
    Shares

    ४६ पछि अष्ट्रेलियामा पुनः मृत्यु कर ल्याउने तयारी

    काठमाडौं । अष्ट्रेलियाले ४६ वर्षअघि खारेज गरिएको मृत्यु कर (डेथ ट्याक्स) पुनः ल्याउने तयारी गरिरहेको छ । अष्ट्रेलियाली विज्ञहरूले यसले देशभित्रको असमानता कम गर्न मद्दत गर्ने बताएका छन् ।

    मृत्यु कर (डेथ ट्याक्स) भनेको केन्द्रीय र प्रादेशिक करहरू हुन्, जुन व्यक्तिको मृत्यु भएपछि उसको सम्पत्तिमा लगाइन्छ । यो कर सम्पत्ति पाउने उत्तराधिकारीले तिर्नुपर्छ ।

    अष्ट्रेलियामा सन् १९७९ मा सबै प्रकारका ‘डेथ ट्याक्स’ वा उत्तराधिकार कर अर्थात् ‘इनहेरिटेन्स ट्याक्स’ हटाइएका थिए, तर अहिले फेरि यो कानुन ल्याउन माग भइरहेको छ ।

    यस कानुनको मद्दतले अष्ट्रेलियाले करिब ७० अर्ब डलर कर राजस्व उठाउने लक्ष्य राखेको छ भने अष्ट्रेलिया इन्स्टिच्युटको एक रिपोर्टअनुसार, यो कर पुनः लागू गरियो भने करिब १० अर्ब डलर उठाउन सकिने भएको छ । यसले असमानता कम गर्ने विश्वास गरिएको छ । यसबाट सम्पत्ति अर्को पुस्तामा जाने हुँदा कर तिर्नु पर्नेछ ।

    साथै, रिपोर्टमा उल्लेख गरिएका अनुसार ५० लाख डलरभन्दा बढी सम्पत्ति भएका व्यक्तिहरूमाथि दुई प्रतिशत सम्पत्ति कर लगाइएमा हरेक वर्ष करिब ४१ अर्ब डलर संकलन गर्न सकिने छ ।

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - ११:३७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij