Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

रुसी तेल बेचेर नाफा कमाइरहेको छ भारत

रुसी तेल बेचेर नाफा कमाइरहेको छ भारत


  • 253
    Shares

    रुसी तेल बेचेर नाफा कमाइरहेको छ भारत

    काठमाडौं । भारतले रुसबाट सस्तो तेल किनेर प्रशोधन गरेपछि उच्च मूल्यमा बेचेर नाफा कमाइरहेको आरोप अमेरिकाले लगाएको छ । 

    मंगलबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यो आरोप लगाएका हुन् । रुसको कच्चा तेल किन्न बन्द नगरेको भन्दै ट्रम्प प्रशासनले भारतबाट आउने सामानमा अमेरिकी भन्सार महसुल बढाएर ५० प्रतिशतमा पुर्‍याउने निर्णय गरेकै समयमा बेसान्टको यो टिप्पणी आएको हो । 

    अगस्ट २७ देखि लागू हुने गरी रुसी तेल खरिद गरेको मामिलामा अमेरिका भित्रिने भारतीय सामानमा २५ प्रतिशतको भन्सार महसुल लाग्नेछ । 

    समाचार एजेन्सी पीटीआईका अनुसार, समाचार च्यानल सीएनबीसीमा चीन र भारतसँग अमेरिकाको दोहोरो मापदण्डको बारेमा सोधिएको प्रश्नको जवाफमा बेसेन्ट माथिको प्रतिक्रिया दिएका हुन् ।

    रुस–युक्रेन युद्ध पछि रुसबाट चीनको तेल आयात ३ प्रतिशतले मात्रै बढेको छर भारतको आयात ४० प्रतिशतभन्दा बढीले बढेको बेसान्टले बताए । उनले भने, ‘भारतले नाफा कमाउने मात्र काम गरिरहेको छ । यसबाट उसले १६ अर्ब डलरको अतिरिक्त नाफा कमाएको छ । भारतका केही धनी परिवारहरूले यसबाट लाभ उठाएका छन् ।’   

    युद्ध सुरु भएदेखि नै भारतको यो व्यापार चलिरहेको अनि यो पूर्ण रूपमा अस्वीकार्य भएकोमा पनि उनले जोड दिए ट्रम्प र पुटिन बिचको वार्तामा कुनै सहमति नभएमा रुसी तेल खरिदमा भारतमाथि थप प्रतिबन्ध लगाउन सकिने । 

    उनले ब्लूमबर्गलाई दिएको अन्तरवार्तामा उनले भनेका थिए । भारतले शुल्क लगाउने अमेरिकी कदमलाई अनुचित भन्दै आएको छ । आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाको लागि आवश्यक सबै कदम चाल्ने पनि उसले बताएको छ । 

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - ११:२५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij