Logo

२०८२ मंसिर २५ गते बिहिवार

२०८२ मंसिर २५ गते बिहिवार

इरानबाट फर्किंदै गरेका अफगानी चढेको बसमा आगलागी, ७३ जनाको मृत्यु

इरानबाट फर्किंदै गरेका अफगानी चढेको बसमा आगलागी, ७३ जनाको मृत्यु


  • 967
    Shares

    इरानबाट फर्किंदै गरेका अफगानी चढेको बसमा आगलागी, ७३ जनाको मृत्यु
    images

    काठमाडौं । अफगानिस्तानमा बसमा दुर्घटना हुँदा  ७३ जनाको मृत्यु भएको छ । मृतकमध्ये १७ जना बालबालिका रहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    दुर्घटनाग्रस्तमा बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका अफगानी प्रवासीहरू थिए । तालिबानको सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुक्तकीले काबुल जाँदै गरेको बसमा ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी भएको बताएका छन् ।

    बसमा सवारमा सबैको मृत्यु भएको र ठोक्किएको अरू दुई सवारीमा रहेका दुई जनाले समेत ज्यान गुमाएका छन् । हालैका महिनामा गृहयुद्धका कारण अफगानिस्तानबाट भागेका अफगानी नागरिकलाई इरानले स्वदेश फिर्ता पठाउनेक्रमलाई तीव्रता दिएको छ ।

    सन् १९७० को दशकमा लाखौं अफगानी भागेर इरान र पाकिस्तान गएका थिए । सन् १९७९ मा अफगानिस्तानमा शोभियत संघको आक्रमणका दौरान र सन् २०२१ मा तालिबान पुनस्सत्तामा आएपछि अफगानीहरूले अन्य मुलुक पलायन हुनेक्रम बढेको थियो ।

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - ११:०७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij