२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सर्वोत्तम सिमेन्टको नाफा ६.७ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ४५ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यसै अवधिमा यस्तो नाफा १४ करोड ९३ लाख रुपैयाँ थियो ।
बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा बढेको हो । अघिल्लो आर्थिक वर्ष बिक्री आम्दानी ६ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब ५५ करोडको छ ।
४ अर्ब ९५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । जसमा संस्थापक समूहको सेयर हिस्सा ८७.१० प्रतिशत रहेको छ भने सर्वसाधारण समूहको १२.९० प्रतिशत छ ।
वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ १९ पैसा छ । पहिलो पटक बुक बिल्डिङ पद्दतीबाट यस कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सर्वसाधारणलाई आईपीओ जारी गरेको थियो ।
प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्ति मूल्य ३०१ रुपैयाँ छ । सहायक कम्पनी पर्साको शुभ श्री जगदम्बा सिमेन्ट, रुपन्देहीको जगदम्बा सिमेन्ट इन्डस्ट्रिज र झापामा सर्वोत्तम सिमेन्ट इस्ट प्रालिलाई सञ्चालनमा ल्याई उत्पादन तथा बिक्री वितरण सुरुवात गरिएको कम्पनीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij