Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

भदौ १८ बाट ‘आरबीबी फोकस-४०’का इकाइ बिक्री खुला गरिने

भदौ १८ बाट ‘आरबीबी फोकस-४०’का इकाइ बिक्री खुला गरिने


  • 988
    Shares

    • images
    भदौ १८ बाट ‘आरबीबी फोकस-४०’का इकाइ बिक्री खुला गरिने

    काठमाडौं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘आरबीबी फोकस-४०’का इकाइ भदौ १८ गतेदेखि बिक्री खुला गरिने भएको छ। योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङले उक्त म्युचुअल फन्डको १० रुपैयाँ अंकितदरमा कुल १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गर्न लागेको हो।

    कुल इकाइमध्ये न्यूनतम १ करोड ४० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १४ प्रतिशत इकाइ कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि न्यूनतम १० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १ प्रतिशत इकाइ योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने छन्।

    यस योजनामा न्यूनतम १०० देखि १ करोड इकाइसम्म आवेदन दिन सकिनेछ भने यो योजनाको निष्कासन बन्द छिटोमा भदौ २२ गते र ढिलोमा असोज १ गते बैंकिङ समयपछि हुने भएको छ।

    यो १२ वर्षे अवधिको योजना हो। यसमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्ने छन्।

     

     

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १२:१४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij