Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा करिब सवा ५३ करोड

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा करिब सवा ५३ करोड


  • 750
    Shares

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा करिब सवा ५३ करोड
    images

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसारसमीक्षा वर्षमा ५३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ५.९५ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षमा कम्पनीको विशेष जगेडामा १ अर्ब ९३ करोड ३७ लाख, महाविपत्ति कोषमा ८ करोड ३२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३३ करोड ३५ लाख रुपैयाँ र अन्य इक्विटीमा ४० करोड ८२ लाख रुपैयाँ रहेको छ। 

    कम्पनीको बीमा कोषमा ४ अर्ब ३३ करोड ३४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ३ अर्ब ९९ करोड ८८ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ८.३७ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब ९ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा  २१।०१ प्रतिशतले बढेको छ।

    पुँजी २ अर्ब ५० करोड १ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २१.२९ रुपैयाँ कायम भएको छ।पीई रेसियो २८.९५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २१०.३४ रुपैयाँ रहेको छ।

    कम्पनीले समीक्षा वर्षमा २ अर्ब २ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब २८ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १४:२०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij