Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

सानिमा जिआईसी इन्स्योरेन्सको नाफामा सुधार, यस्ता छन् अन्य सूचक

सानिमा जिआईसी इन्स्योरेन्सको नाफामा सुधार, यस्ता छन् अन्य सूचक


  • 414
    Shares

    सानिमा जिआईसी इन्स्योरेन्सको नाफामा सुधार, यस्ता छन् अन्य सूचक

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको वित्तीय विवरणअनुसार अधिकांश वित्तीय सूचकहरूमा सुधार भएको छ।

    २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ समीक्षा अवधिमा १८ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि हो। 

    महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ संचित भएको छ, जुन अघिल्लो वर्षको ३ करोड ७६ लाख रुपैयाँको तुलनामा २३.४०% ले बढी हो। त्यस्तै, स्पेसल रिजर्भमा ७५ करोड ९८ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको ५८ करोड ४६ लाख रुपैयाँको तुलनामा ३०% ले बढी छ ।

    कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको २ अर्ब ५१ करोड रुपैयाँको तुलनामा १.२०% ले बढी हो। 

    कम्पनीले समीक्षा वर्षमा ७८ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्षको ७२ करोड २५ लाख रुपैयाँको तुलनामा ८.९८% ले बढी हो। यस्तै, कम्पनीको नाफा ३५ करोड ३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३१ करोड ८१ लाख रुपैयाँको तुलनामा १०.१२% ले बढी रहेको छ ।

    समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ३० पैसा रहेको छ। मूल्य आम्दानी अनुपात ३७.४३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ १२ पैसा रहेको छ।

     

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १४:०८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij