२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ को चौथोे त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको नाफा बाहेक अधिकांश सूचक बढेका छन् ।
३ अर्ब २ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा रिटेन्ड अर्निङमा १७ करोड २० लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ५७ करोड ४३ लाख रुपैयाँ रहेको छ । समीक्षा वर्षसम्म कम्पनीको महाविपत्ति कोषमा ९ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ३० करोड ३६ लाख रुपैयाँ रहेको थियो । अन्य इक्विटीमा ५३ करोड ८० लाख रुपैयाँ रहेको थियो । महाविपत्ति कोषमा ७ करोड ८९ लाख रुपैयाँ रहेको थियो । स्पेसल रिर्जभमा १ अर्ब ६७ करोड रहेको थियो ।
समीक्षा वर्षमा कम्पनीले ३ अर्ब ९४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।
यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ५८ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १८ करोड रुपैयाँ खर्चिएको थियो ।
कम्पनीले समीक्षा वर्षमा १ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब २१ करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १२.२६ प्रतिशतले बढेको हो ।
वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले ३६ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ५७ लाख नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो ।
समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ५ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ४६.२३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ४४ पैसा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij