Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

शिखर इन्स्योरेन्सको नाफा र बीमाशुल्कमा उल्लेख्य वृद्धि, शेयरधनीका लागि यस्ता छन् आकर्षक सूचक

शिखर इन्स्योरेन्सको नाफा र बीमाशुल्कमा उल्लेख्य वृद्धि, शेयरधनीका लागि यस्ता छन् आकर्षक सूचक


  • 330
    Shares

    शिखर इन्स्योरेन्सको नाफा र बीमाशुल्कमा उल्लेख्य वृद्धि, शेयरधनीका लागि यस्ता छन् आकर्षक सूचक

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१\८२ को चौथोे त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    कम्पनीले सार्वजनिक वित्तीय विवरण अनुसारअधिकांश सूचक बढेको छ । २ अर्ब ९२ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा रिटेन्ड अर्निङमा २१ करोड १७ लाख रुपैयाँ रहेको छ ।

    कम्पनीले ४५ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ५३ लाख नाफा आर्जन गरेको थियो। 

    समीक्षा वर्षसम्म कम्पनीको महाविपत्ति कोषमा १६ करोड ७ लाख रुपैयाँ रहेको छ । स्पेसल रिर्जभमा १ अर्ब ९१ करोड रहेको छ ।

    समीक्षा वर्षमा कम्पनीले ५ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ ।

    यस वर्षमा कम्पनीले पुनर्बीमा मार्फत ३ अर्ब ९९ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९६ करोड रुपैयाँ खर्चिएको थियो ।

    कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब २९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

    प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४९ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ४९.९५ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १९८रुपैयाँ ९७ पैसा रहेको छ ।

     

     

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १२:०२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij