Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ३ अर्ब २ करोड, यस्तो छ वित्तीय विवरण

स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ३ अर्ब २ करोड, यस्तो छ वित्तीय विवरण


  • 386
    Shares

    स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ३ अर्ब २ करोड, यस्तो छ वित्तीय विवरण

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

    बैंकले गत वर्ष ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २४ करोड ५० लाख रुपैयाँ कम हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ३ अर्ब २७ करोड ४३ लाख रुपैयाँ रहेको थियो। बैंकको आम्दानीमा आएको कमीका कारण नाफा प्रभावित भएको हो।

    बैंकको खुद ब्याज आम्दानी र खुद फि एन्ड कमिसन आम्दानीमा कमी आएको छ भने आर्थिक वर्ष २०८१\८२ मा बैंकले ४ अर्ब ४८ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब ३ करोड ३२ लाख रुपैयाँभन्दा ५४ करोड ४८ लाख कम हो। कमिसन आम्दानी १ अर्ब ४१ करोड ५८ लाखबाट घटेर १ अर्ब ३६ करोड ४४ लाख रुपैयाँमा झरेको छ।

    बैंकले साढे १७ करोड रुपैयाँ नेट ट्रेडिङ इन्कम र अन्य सञ्चालन आम्दानीसहित कुल ६ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो वर्षको ७ अर्ब १ करोड ४९ लाख रुपैयाँभन्दा ८ करोड १२ लाख कम हो। 

    बैंकनाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी ९ईपीएस० पनि घटेको छ। २०८१ असार मसान्तमा ३४.७३ रुपैयाँ रहेको ईपीएस २०८२ असार मसान्तमा ३०.१७ रुपैयाँमा झरेको छ।

    बैंकले ३ अर्ब ३ करोड नाफामध्ये १ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ लाभांशका रूपमा वितरण गर्न सक्ने देखिन्छ। गत वर्षको सञ्चित नाफा र रिटेन्ड अर्निङ समायोजन गर्दा २०८२ असार मसान्तसम्मको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ रहेको छ। १० अर्ब ४ करोड २४ लाख चुक्ता पुँजीका आधारमा बैंकको लाभांश क्षमता १९.८५ प्रतिशत रहेको छ ।

    बैंकको निष्क्रिय कर्जा अनुपात १.४७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा सुधार भएको छ ।। प्राथमिक पुँजी अनुपात १३.६७ प्रतिशतबाट बढेर १५.८ प्रतिशत पुगेको छ। यस्तै, नेटवर्थ प्रतिसेयर २१७ रुपैयाँ र पीई रेसियो २१.८ कायम भएको छ।

     

     

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - ११:१३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij