Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

शाइन रेसुंगाको नाफा ६८ करोड ८६ लाख, लाभांश क्षमता करिब १४%

शाइन रेसुंगाको नाफा ६८ करोड ८६ लाख, लाभांश क्षमता करिब १४%


  • 967
    Shares

    शाइन रेसुंगाको नाफा  ६८ करोड ८६ लाख,  लाभांश क्षमता करिब १४%

    काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ६८ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको  तुलनामा नाफा ०.४८ प्रतिशतले बढेको छ।

    बैंकको वितरणयोग्य मुनाफा ६८ करोड ४ लाख रुपैयाँ रहेको छ भने यो हिसाबले बैंकले १३.९६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

    बैंकको सञ्चालन मुनाफा ९५ करोड ३७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ६ करोड ३८ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा १०.३५ प्रतिशतले घटेको छ।

    बैंकको चुक्तापुँजी ४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ६८ करोड ४ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ रहेको छ। 

    गत आर्थिक वर्षमा बैंकले २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ३५ करोड २ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी १३.४८ प्रतिशतले बढेको छ।

    बैंकले ७१ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५२ अर्ब २७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

    बैंकको प्रतिशेयर आम्दानी घटेर १४.१२ रुपैयाँ कायम भएको छ भने अघिल्लो वर्ष ईपीएस १४.४८ रुपैयाँ थियो। पीई रेसियो ३०.५९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५१.४२ रुपैयाँ रहेको छ।

    बैंकको खराब कर्जा अनुपात ९एनपीएल० बढेर ४.२४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.४३ प्रतिशत  रहेको थियो।

     

     

    images
    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १०:५८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij