Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

विदेश पठाउने भन्दै ४ करोड ठगीको आरोपमा एक युवक पक्राउ

विदेश पठाउने भन्दै ४ करोड ठगीको आरोपमा एक युवक पक्राउ


  • 813
    Shares

    विदेश पठाउने भन्दै ४ करोड ठगीको आरोपमा एक युवक पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा २९ वर्षीय त्रिलोक सिंह रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    विदेश पठाउने भन्दै उनले ६६ जनाबाट चार करोड १७ लाख ९३ हजार २८० रुपैयाँ ठगी गरेको आरोप रहेको छ । उनी एन।ए।एन। मेरिटाएम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक रहेको प्रहरीले बताएको छ ।

    पक्राउ परेका सिंहलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताएका छन् ।

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - १७:५१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij