Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

‘एक वर्षे कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुग्यो’

‘एक वर्षे कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुग्यो’


  • 757
    Shares

    ‘एक वर्षे कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुग्यो’
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेपछिको एक वर्षमा तीन दर्जन ऐन, कानूनहरु संशोधन भएको बताएका छन् ।

    प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै प्राधनमन्त्री ओलीले यसले देशमा सुशासन प्रवद्र्धन गर्न, सेवा प्रवाहलाई सरल बनाउन, लगानीमैत्री वातावरण वनाउन र वैदेशिक लगानी आकर्षित गर्न ठूलो काम गरेको बताएका हुन् ।
    आर्थिक क्षेत्रमा उत्साहजनक नतिजाहरु ल्याएको प्रधानमन्त्रीको दाबी छ । 

    यो कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको बताएका छन् । अर्थतन्त्र पनि ४ खर्ब रुपैयाँले विस्तार भएको उनले बताएका छन् । गतवर्षको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र रहेकोमा सरकारको कार्यकालको पहिलो ११ महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेको उनकव भनाई रहेको छ । 

    उनले भने, ‘हाम्रो अर्थतन्त्र रु ४ खर्बले बिस्तार भएको छ । भनिरहन नपर्ला, गतवर्षको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र थियो । देशका विभिन्न स्थानमा भएका विपद्जन्य घटना र विश्वव्यापी प्रतिकूलता बीच पनि राजश्व सङ्कलनमा ११.३ प्रतिशतले वृद्धि भएको छ । यो सरकारको कार्यकालको पहिलो ११ महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेको छ । यो  १५ खर्ब ३३ अर्ब पुगेको छ । वस्तु निकासीमा हालसम्मकै उच्च, ८१.८ प्रतिशतले वृद्धि भएको छ । चालु खाता र शोधनान्तर दुवै बचतमा छन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च छ, यसले १४.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्छ । वित्तीय क्षेत्रका सूचक सबल रहेका छन् । वित्तीय पहुँच बढेको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ । पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको छ । जनसङ्ख्याको करिब ४८ प्रतिशत बीमाको दायरामा आएको छ । प्रतिष्ठित अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीबाट पहिलो पटक मुलुकको समष्टिगत वित्तीय अवस्था तथा साख क्षमताको यथार्थ चित्रण गर्ने नेपालको सार्वभौम साख मूल्याङ्कनको (सोभरन क्रेडिट रेटिङ) कार्य सम्पन्न गराइएको छ । उक्त मूल्याङ्कनबाट नेपालले दक्षिण एसियामा दोस्रो उत्कृष्ट बीबी माइनस रेटिङ प्राप्त गरेको छ, यसले लगानीका लागि नेपालमा राम्रो वातावरण बन्दै गएको देखाउँछ ।’

    प्रधानमन्त्री ओलीले पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको र जनसङ्ख्याको करिब ४८ प्रतिशत बीमाको दायरामा आएको बताएका छन् ।

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - १६:२४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij