Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

एकअर्काविरुद्ध सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति

एकअर्काविरुद्ध सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति


  • 673
    Shares

    एकअर्काविरुद्ध सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति
    images

    काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एकअर्काविरुद्ध सार्वजनिक आक्षेप नलगाउने सहमति भएको छ ।

    केन्द्रीय कार्यालय आलोकनगरमा अरु नेताहरुसहित भएको छलफलमा एकअर्काविरुद्ध सार्वजनिक आरोप नलगाउन नेपाल र खनाल सहमत भएको हो । 

    नेपालले सार्वजनिक रुपमै पार्टी छोडेर एमालेको सेवा गर्न भनेपछि खनालले पनि चर्को अभिव्यक्ति दिएका थिए । अहिलेसम्म जबज भनिरहेका माधव नेपाललाई उपयुक्त पार्टी एमाले नै भएको प्रतिक्रिया दिएका थिए ।

    यसरी एकअर्काविरुद्ध आक्षेप लगाउने क्रम बढेर गएपछि नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसालले माधव र झलनाथलाई छलफलमा राखिरहेका छन् ।

    ‘हिजो ९सोमबार० अढाइ घण्टा जति कुराकानी भयो । धेरै कुरा त पुराना कुराहरु गरेर सकियो’ उनी भन्छन्, ‘अझै पनि ठोस् सहमतिमा पुग्न सकिएको छैन । छलफलहरु भइरहन्छ ।’ सोमबार बिहान ९ बजेदेखि केन्द्रीय कार्यालय आलोकनगरमा छलफल भएको थियो ।

     

    प्रकाशित मिति :श्रावण २७ २०८२ मंगलवार - १०:१०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij