Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सल्यानमा बस दुर्घटना, २५ जना घाइते

सल्यानमा बस दुर्घटना, २५ जना घाइते


  • 8.7K
    Shares

    • images
    सल्यानमा बस दुर्घटना, २५ जना घाइते
    images

    सल्यानमा बुधबार बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

    जिल्लाको कुमाख गाउँपालिका–२ खारखोलामा बुधबार अपराह्न बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। नेपालगञ्जदेखि रुकुमपश्चिमको चौरजहारी जाँदै गरेको ना ४ ख ६७१५ नम्बरको बस सडकदेखि करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

    बसमा सवार २५ जना घाइतेमध्ये गम्भीर घाइते भएका ६ जनालाई नेपालगञ्ज, ४ जनालाई चौरजहारी अस्पतालमा पठाइएको र बाँकी १९ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    प्रकाशित मिति :मंसिर १७ २०७७ बुधवार - २०:२६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij