Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सिटिजन्स बैंकको नाफा १ अर्ब २९ करोड, खुद ब्याज आम्दानी वृद्धि, एनपीएल बढेर ५% नजिक पुग्यो

सिटिजन्स बैंकको नाफा १ अर्ब २९ करोड, खुद ब्याज आम्दानी वृद्धि, एनपीएल बढेर ५% नजिक पुग्यो


  • 2.0K
    Shares

    सिटिजन्स बैंकको नाफा १ अर्ब २९ करोड, खुद ब्याज आम्दानी वृद्धि, एनपीएल बढेर ५% नजिक पुग्यो
    images

    काठमाडौं ।  सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

     सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा २.०८ प्रतिशतले घटेको छ।

    बैंकको सञ्चालन मुनाफा २ अर्ब ९ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब ४ करोड ८५ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि २.३२ प्रतिशतले घटेको छ।

    बैंकको वितरणयोग्य मुनाफा ७७ करोड ५४ लाख रुपैयाँ रहेको छ भने बैंकले ५.२५ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ।

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ६ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। ब्याज आम्दानी ११.२० प्रतिशतले बढेको छ।

    हाल चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ७७ करोड ५४ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा ७ अर्ब ४० करोड ९४ लाख रुपैयाँ रहेको छ। 

    बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ४३ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

    बैंकको खराब कर्जा अनुपात बढेर ४.९४ प्रतिशतमा पुगेको छ भने प्रतिशेयर आम्दानी घटेर ८.७६ रुपैयाँ कायम भएको छ।  पीई रेसियो २६.०६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५५.४२ रुपैयाँ रहेको छ।

     

     

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - ११:२८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij