२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिका-१० मा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी वीरबहादुर सुनारले जानकारी दिएको छ ।
सुनारका अनुसार कर्णाली प्रदेश ०२-००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो ।
उनका अनुसार कर्णाली राजमार्ग अन्तर्गत जुम्ला-कालिकोट सडक खण्डको खाँडाचक्र नगरपालिका-१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान करिब साढे ८ बजेतिर जिप दुर्घटना भएको हो ।
जिप सडकबाट करिब १०० मिटर तल खसेको उनले बताएका छन् । घाइतेहरूलाई उद्धार गरेर जिल्ला अस्पताल कालिकोटमा ल्याइएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने उनीहरूको पहिचान भने खुलेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij