Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

नेपाल एसबिआई बैंकद्धारा मानवसेवा आश्रम, धनगढी, कैलालीमा सामाजिक उत्तरदायित्व कार्यक्रम

नेपाल एसबिआई बैंकद्धारा मानवसेवा आश्रम, धनगढी, कैलालीमा सामाजिक उत्तरदायित्व कार्यक्रम


  • 974
    Shares

    नेपाल एसबिआई बैंकद्धारा मानवसेवा आश्रम, धनगढी, कैलालीमा सामाजिक उत्तरदायित्व कार्यक्रम
    images

    काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मानवसेवा आश्रम, धनगढी, कैलालीलाई अत्यावश्यक सामग्रीहरु तथा आर्थिक सहयोग प्रदान गरेको छ । 

    यस किसिमको पहलले सडकमा बस्ने घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पु¥याउने लक्ष्य बैंकले राखेको छ । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्दले आश्रमका सुदुरपश्चिम प्रदेश संयोजक, श्री आदर्श ढकाललाई उक्त सामग्रीहरु तथा सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । 

    सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख जोखिम अधिकृत, श्री विष्णुदेव यादव, सहायक महाप्रबन्धक, श्री अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत, श्री रोशन कोइराला र बैंक तथा आश्रमका वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

    बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ । नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ ।

    हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

     

     

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १६:००:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij