Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यौन दुर्व्यवहारमा दोषि ठहर कोइराला रविको पक्षमा हस्ताक्षर गर्दागर्दै पक्राउ

यौन दुर्व्यवहारमा दोषि ठहर कोइराला रविको पक्षमा हस्ताक्षर गर्दागर्दै पक्राउ


  • 1.2K
    Shares

    • images
    यौन दुर्व्यवहारमा दोषि ठहर कोइराला रविको पक्षमा हस्ताक्षर गर्दागर्दै पक्राउ

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

    सुनसरी वराहक्षेत्रका अर्थराज कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको हो ।

    सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भएका का ५९ वर्षीय कोइरालाले आफ्नै घरमा काम गर्ने नाबालिगमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दायर भएपछि सुनसरी जिल्ला अदालतले कसुरदार ठहर गरी प्रकाउ गरेको छ । नेपाली काँग्रेसका  नेताहरूसँग सङ्गत भएका उनी पहुँचको आधारमा पक्राउ परेका थिएनन् ।

    गत वैशाखमा यौन दुर्व्यवहारको घटना बाहिरिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतले उनलाई धरौटीमा छोड्यो । तर सुनसरी जिल्ला अदालतले गत असार ३२ गते उनलाई कसुरदार ठहर गरेको छ ।

    बालबालिका सम्बन्धी कसुरअन्तर्गतको बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै सुनसरी अदालतले कोइरालालाई २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । तर उनी प्रकाउ भने परेका थिएनन् । 

    अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी कोइराला लामिछानेका पक्षमा हस्ताक्षर गर्न पुगेको जानकारी पाए लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताएका छन् ।

     

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - ०९:२९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij