२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । एसिया रग्बी इमिरेट्स यु-२० सेभेन्स ट्रफीका लागि नेपाली यु-२० महिला रग्बी टोली घोषणा गरेको छ ।
भारतको विहारमा साउन २४ देखि एसिया रग्बी इमिरेट्स यु-२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँने भएको छ । उक्त ट्रफीका लागि नेपाल रग्बी सङ्घले आइतबार १३ सदस्यीय खेलाडी टोलीको घोषण गरेको हो । प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रबाट आठ आठ पुरुष र महिला टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
यस उमेरसमूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो । नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही रहेका छन् ।
सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली यु-२० महिला रग्बी टोली छनोट भएको छ । नेपाली टोलीले हाल सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण गरिरहेको नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले जानकारी दिएका छन् । नेपाली टोली साउन २२ गते भारत प्रस्थान गर्ने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij