Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

खीर खाने दिन नेपालमा ८० लाख लिटर दूध खपत हुने अनुमान

खीर खाने दिन नेपालमा ८० लाख लिटर दूध खपत हुने अनुमान


  • 2.1K
    Shares

    खीर खाने दिन नेपालमा ८० लाख लिटर दूध खपत हुने अनुमान

    काठमाडौं । भोलि साउन १५ अर्थात् खीर खाने दिन नेपालमा ८० लाख लिटर दूध खपत हुने अनुमान भएको छ ।

    नेपाल डेरी एसोसिएसनका अनुसार भोलि देशभर करिब ८० लाख लिटर दूध खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको हो । 

    राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिनका रूपमा मनाउने निर्णय गरेको थियो ।  

    पोषणविद्हरूका अनुसार मानव स्वास्थ्य र खीरको सम्बन्ध पनि अत्यन्तै महत्त्वपूर्ण रहेको छ । खीर केवल स्वादका लागि मात्र होइन, स्वास्थ्य लाभका लागि पनि उल्लेखनीय छ । 

    पोषणको खानी दूध र चामलमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, भिटामिन बी–कम्प्लेक्स पाइन्छ । 

    हड्डी र दाँत मजबुत बनाउन क्याल्सियम र भिटामिन डीको कारण शरीरलाई बलियो बनाउँछ । सहज पाचन हुने हुँदा खीर सजिलै पच्ने र पेटलाई आराम दिने परिकार हो ।

     

     

    images
    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १५:१७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij