Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

रुसले हान्यो युक्रेनको जेलमा बम, १७ कैदीको मृत्यु, ४२ घाइते

रुसले हान्यो युक्रेनको जेलमा बम, १७ कैदीको मृत्यु, ४२ घाइते


  • 4.2K
    Shares

    रुसले हान्यो युक्रेनको जेलमा बम, १७ कैदीको मृत्यु, ४२ घाइते

    दक्षिणपूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा अवस्थित जेलमा रुसले हवाई आक्रमणमा १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। 

    क्षेत्रीय नेता इभान फेडेरोभले जापोरिजियामा रातभर भएको आक्रमणले नजिकैका घरहरूमा पनि क्षति पुगेको बताए।

    यस अवधिमा रुसी सेनाले हवाई ग्लाइड बमसहित आठ आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जेलमा 'जानाजानी गरिएको आक्रमण'को निन्दा गरेका छन्।

    रुसले युक्रेनीहरूको हत्या गरेको आरोप लगाउादै उनले युद्धविराम धेरै पहिले नै लागू गर्न सकिन्थ्यो भनेका छन्। जापोरिजिया युक्रेनको चार पूर्वी क्षेत्रमध्ये एक हो।

    रुसले २०२२ देखि यसलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ, यद्यपि यो क्षेत्र धेरै हदसम्म युक्रेनको नियन्त्रणमा छ।

    युक्रेनको न्याय मन्त्रालयले जेलमा चारवटा बम विस्फोट भएको बताएको छ। यसले भोजन कक्ष, प्रशासनिक मुख्यालय र क्वारेन्टाइन क्षेत्र ध्वस्त पारेको छ। मन्त्रालयले आक्रमणमा मारिएका र घाइते भएका सबै कैदी भएको बताएको छ।

    images
    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १९:३२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij