२०८२ भाद्र १६ गते सोमवार
काठमाडौँ । कुवेती फौजदारी अदालतले घरेलु कामदारलाई घातक कुटपिट गरेको आरोपमा एक पति र पत्नीलाई मृत्युदण्डको सजाय सुनाएको छ। न्यायाधीश अब्दुलवाहब अल मुआइलीको अध्यक्षतामा फौजदारी अदालतले सोमबार जारी गरेको फैसलामा दम्पतीलाई गैरकानूनी थुनामा राख्ने, लठ्ठीले बारम्बार आक्रमण गर्ने, चिकित्सा हेरचाह अस्वीकार गर्ने र जबरजस्ती श्रम गर्ने जस्ता कार्यहरूको दोषी ठहर गरिएको छ। यी कार्यहरूले अन्ततः कामदारको मृत्यु निम्त्यायो ।
अदालतका कागजातहरू अनुसार मृत्यकको परिचय खुलाईएको छैन। उनको इच्छा विरुद्ध दम्पतीको घर भित्र राखिएको थियो, जहाँ उनले निरन्तर कुटपिट सहिन् र उनको स्वास्थ्य बिग्रँदै गएको देखिए पनि उपचार खोज्नबाट रोक लगाइयो। अभियोजकहरूले दम्पतीले उनलाई चोटपटक लागेर मृत्यु नभएसम्म दबाबमा काम गरिरहन बाध्य पारे। अदालतले उनीहरूलाई मृत्युदण्ड दिने आक्रमणको दोषी ठहर गर्यो, जुन आरोप कुवेतमा मृत्युदण्डको सजाय हो।
गल्फ न्युजका अनुसार सार्वजनिक अभियोजन पक्षले पहिले हत्याको आशंकामा दम्पतीलाई २१ दिनको लागि पूर्व-परीक्षण हिरासतमा राख्न आदेश दिएको थियो। पूर्वनियोजित हत्याको औपचारिक आरोप पछि, अभियोजन पक्षले अधिकतम सजायको माग गर्दै प्रतिवादीहरूले “जानाजानी र बारम्बार कामदारलाई कुटपिट गरे, अन्ततः उनको मृत्यु भयो।”
पछिल्लो समय कुवेतमा आप्रवासी घरेलु कामदारहरूको व्यवहारमा बढ्दो छ। जुन चिन्ता २०२३ को सुरुमा एक किशोर कुवेती केटाद्वारा फिलिपिनी कामदारको बलात्कार, हत्या गरेर जलाएका थिए। अधिकारीहरूले साल्मियामा महिलाको जलेको शव फेला पारे।
फोरेन्सिक अनुसन्धानले अपराध लुकाउने प्रयासमा उनको बलात्कार, हत्या र आगो लगाइएको खुलासा भएको थियो। क्रूर हत्याकाण्डले फिलिपिन्स सरकारले प्रणालीगत दुर्व्यवहार र फिलिपिनी कामदारहरूको लागि पर्याप्त सुरक्षाको अभावलाई उद्धृत गर्दै कुवेतमा घरेलु कामदार पठाउन अस्थायी प्रतिबन्ध लगाएको थियो।
सरकारले छेक्दाछेक्दै ५० हजार भन्दा बढी नेपाली महिला
कुवेतमा ५० हजार भन्दा धेरै नेपाली महिला घरेलु कामदार रहेको पाईएको छ। त्यहाँस्थित नेपाली दूतावासमा घरेलु महिला कामदारको तथ्याङ्क छैन। २०२३ सम्मको तथांङ्गक अनुसार कुवेतमा २५ हजार नेपाली महिला घरेलु कामदार रहेकोमा अहिले त्यो संख्या बढेर ५० हजार भन्दा बढी पुगेको छ।
केहि दिन अघि मात्र भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्काइएको थियो । विमानस्थलबाट नक्कली एनओसी लिएर कुवेत जान लागेका उनीहरुलाई बिमास्थलबाटै फर्काइएको थियो।
उद्धारका लागि हारगुहार
दलालको प्रलोभनमा परी केहि महिना अघि मात्र कुवेत पुगेका ११ नेपाली महिलाले उद्धारको अपिल गरेका छन्। दलालले त्यहाँको फाइल भन्ने अफिसमा बन्धक बनाएको भन्दै उनीहरुले एक भिडियो संदेश मार्फद उद्धारको सहयोग मागेका छन्। उनीहरुका अनुसार दलालले ९-१० वटा घरमा काममा पुर्याउदै अफिस मै फर्काएर विभिन्न यातना दिने गरेको बताएका छन्।
अहिले उनीहरुले घर पठाईदिनु भन्दा २ दिनमा एउटा मात्र रोटी खान दिने,कुटपिट गर्ने र मार्ने धम्की दिने गरेको उद्धार गर्न भनेका छन्। पछिल्लो समय गैरकानुनी बाटो हुदै कुवेत पुगेका सयौ नेपाली घरेलु महिला कामदारहरु घर मालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिक जसो उद्धारको हारगुहार गर्दै आएका छन्।
नेपालले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा गएका महिला असुरक्षित भएको भन्दै सरकारले ०७३ सालमा प्रतिबन्ध लगाएको थियो। संसदको अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्णयमा खाडी तथा मलेसिया जान लगाएको प्रतिबन्ध ८ वर्ष बित्न लाग्दा पनि प्रतिबन्ध हटाएको छैन् । वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा गएका अधिकांश महिलाको मानसिक, शारीरिक, आर्थिक शोषण भएकाले सरकारले रोक लगाएको थियो।
यतिका बर्ष प्रतिबन्ध लगाए पनि मानव तस्करहरुले भारतको बाटो हुँदै गैरकानुनी तरिकाले खाडीका विभिन्न देशहरुमा घरेलु कामदार लैजाने गरेका छन् । सरकारले घरेलु कामदारमा लगाएको प्रतिबन्ध खुल्ला गर्दै बिभिन्न देशहरुमा श्रम सम्झौता गरी कानुनी तरिकाले कामदार पठाउने वातावरण मिलाउन सके हजारौ नेपाली महिलाले रोजगारी पाउने थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij