Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


  • 1.8K
    Shares

    फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
    images

    काठमाडौं । फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-६ बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएका २८ वर्षीय राजु लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    राजुले काठमाडौं महानगरपालिका-३१ स्थित वडा एरियामा आफू काठमाडौं महानगरपालिकाको फोहोरमैलाको कर्मचारी हुँ भनी रकम उठाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    उनले हाल सम्म १३ लाख २५ हजार रुपैयाँ असुली गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १४:४४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij