Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

हिमालयन लाइफको कोष प्रवर्द्धनमा म्युचुअल फन्ड आउँदै, बोर्डसँग माग्यो अनुमति

हिमालयन लाइफको कोष प्रवर्द्धनमा म्युचुअल फन्ड आउँदै, बोर्डसँग माग्यो अनुमति


  • 911
    Shares

    हिमालयन लाइफको कोष प्रवर्द्धनमा म्युचुअल फन्ड आउँदै, बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कोष प्रवर्द्धनमा म्युचुअल फन्ड आउने भएको छ। कम्पनीको कोष प्रवर्द्धनमा ४ अर्ब रुपैयाँबराबरको म्युचुअल फन्ड आउने भएको हो।

    योजना व्यवस्थापक हिमालयन इन्भेस्टमेन्ट बैंकरले साउने १ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै ‘एचएलआई लार्ज क्याप फन्ड’ नामक म्युचुअल फन्डका इकाइहरु जारी गर्न अनुमति मागेको हो। यो योजना हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने भएको छ।

    धितोपत्र बोर्डले अनुमति दिएपछि हिमालयन इन्भेस्टमेन्ट बैंकरले यस योजनाको १० रुपैयाँ अंकित दरका कुल ४० करोड इकाइको सार्वजनिक निष्कासन गर्ने भएको छ भने यो बन्दमुखी योजना रहेको छ।

    धितोपत्र बोर्डले अनुमति दिएमा जीवन बीमकबाट आउने यो दोस्रो म्युचुअल फन्ड हुने भएको छ। 

     

     

    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - ११:१४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij