Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हेटौंडा अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु


  • 8.1K
    Shares

    हेटौंडा अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

    हेटौंडा । हेटौंडा अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा २ संक्रमितको मृत्यु  भएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रविण श्रेष्ठले पुष्टि गरे ।

    आइतबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका –१ निवासी ५५ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको थियो । त्यस्तै सोमबार बिहान बाराको अमलेखगन्ज निवासी ४६ वर्षका पुरुष संक्रमितको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

    आइतबार एन्टिजिन विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि इमर्जेन्सी वार्डमा उपचारका लागि आएका हेटौंडा–१ का पुरुषलाई स्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्न खोज्दा मृत्यु भएको बताइएको छ ।

    त्यस्तै बारामा कोरोना पुष्टि भएपछि उपचारका लागि आइतबार राति १२ बजे हेटौंडा अस्पतालको आइसोलेसनमा भर्ना भएका अमलेखगन्जका संक्रमित पुरुषको स्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

    मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको डाटा अनुसार हाल जिल्लामा कोभिड सक्रिय संक्रमित साढे छ सय रहेका छन् । जसमा ६१५ जना होम आइसोलेसनमा बसेका छन् भने २९ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १३:०३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij