Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ जना नयाँ शाखा अधिकृत खटिए

विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ जना नयाँ शाखा अधिकृत खटिए


  • 1.1K
    Shares

    विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ जना नयाँ शाखा अधिकृत खटिए
    images

    काठमाडौं । गृह मन्त्रालयले ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ । 

    हालै लोकसेवा आयोग पास गरी आएका शाखा अधिकृतहरूलाई मन्त्रालयले  विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको हो ।

    अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिएका छन् । लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ ।

    केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो । त्यसैगरी गृहमन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही सङ्ख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १३:५६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij