२०८२ भाद्र ३ गते मंगलवार
बैतडी । बैतडीमा भोली (सोमबार)देखि निषेधाज्ञा जारी हुने भएको छ ।
आइतबार बसेको जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिश गरेपछि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निषेधाज्ञा जारी गरेका हुन् । संक्रमण रोक्नका लागि जेठ २ गते सम्म निषेधाज्ञा जारी गरिएको उनले बताए ।
निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिडडुँल गर्न पाइनेछैन । खाद्यान्न तथा तरकारी पसल बिहान ७ देखि १० बजे सम्म मात्रै खोल्न पाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।
यस्तै कुनै निर्माणका कामहरु गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिश गरेमा आवश्यकताका आधारमा ती कामहरु सञ्चालन गर्न दिने निर्णय भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij