२०८२ भाद्र १ गते आइतवार
आज शुक्रबार, २७ असार २०८२ (११ जुलाई २०२५)
मेष: आत्मबलमा वृद्धि हुनेछ र काममा सन्तुष्टि प्राप्त हुनेछ। धर्मकर्ममा मन जानेछ। प्रेमीसँग कुनै न कुनै माध्यमबाट भेटघाट होला। वित्तीय संस्थाको कारोबारमा सफलता मिल्नेछ।
वृष: सुखदुःख बराबरी रहनेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नु पर्ला। भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ। वैदेशिक क्षेत्र कमजोर रहला। घरायसी व्यवहारबाट टाढै बस्नु राम्रो हुन्छ।
मिथुन: धार्मिक यात्राको योग छ। घुमफिरमा आकर्षण बढ्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। व्यवसायका लागि यात्राको सम्भावना छ।
कर्कट: विद्यामा प्रगति हुनेछ। प्रतिस्पर्धामा सफल भइनेछ। लामो समयदेखि रोकिएका काम सुचारु हुनेछन्। चिताएको कामले तीव्रता लिनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
सिंह: कार्य सम्पादनमा सहजता मिल्नेछ। मनमा फूर्ति र उत्साह बढेकै हुनेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। व्यवसायमा गरिएको लगानीले राम्रै प्रतिफल देला। वैदेशिक कार्यमा सहजता मिल्नेछ।
कन्या: मन खिन्न हुने स्थिति आउनेछ। अनावश्यक झमेलामा परिएला। स्वास्थ्यमा केही बाधा रहन सक्छ। शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुनेछ। साँझमा यात्राको योग छ।
तुला: स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। नयाँ कार्य वा रोजगारीको अवसर छ। वैदेशिक कार्य अघि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।
वृश्चिक: पारिवारिक भेटघाटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार उपहार पाइएला। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ।
धनु: प्रतिष्ठित काम गर्ने मौका छ। रमाइलो यात्रा हुनेछ। प्रेम सम्बन्धमा मधुरता छाउला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ। उपहार पाउने योग छ।
मकर: चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। अध्ययनमा त्यति ध्यान दिन नसकिएला। आफ्नो विचार विपरीत निर्णय हुन सक्छ। यात्रामा मालसामान हराउन सक्छ। साँझमा लगनशीलताले काम अगाडि बढ्नेछन्।
कुम्भ: आफन्तको सहयोग प्राप्त हुनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। प्राविधिक क्षेत्रबाट लाभ मिल्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। नयाँ कुरा खरीद गर्न सकिनेछ।
मीन: परोपकारी कार्यमा संलग्न भइनेछ। बजार घुम्ने अवसर छ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफल भइनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। स्वास्थ्यमा सुधार आउला।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij