Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

११ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

११ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)


  • 1.9K
    Shares

    ११ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक  (पूर्णपाठसहित)

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा आधारमा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । 

    बैंकले मंगलबार सार्वजनिक गरेको साउनदेखि जेठसम्मको तथ्यांक अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ ।

    यस्तै रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा १५.५ प्रतिशतले र अमेरिकी डलरमा १२.७ प्रतिशतले बढेको छ भने जेठ महिनाको रेमिट्यान्स मात्र १७६ अर्ब ३२ करोड रहेको राष्ट्र बैंकको भनाइ रहेको छ । 

    यस्तै शोधनान्तर स्थिति ४९१ अर्ब ४४ करोडले बचतमा रहँदा आयात १३.१ प्रतिशतले र निर्यात ७७.८ प्रतिशतले वृद्धि भएको छ । 

    यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ८.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ८.० प्रतिशतले बढेको बैंकले जानकारी दिएको छ ।

    साथै, कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ६५ करोड पुगेको छ भने नेपाल सरकारको खर्च १२८२ अर्ब ९४ करोड र राजस्व परिचालन १०१६ अर्ब ९ करोड रहेको छ ।


     

     

     

     
     

    images
    प्रकाशित मिति :आषाढ २४ २०८२ मंगलवार - १३:१७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij