Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

विदेशी मुद्रा सञ्चितिको आकार २५ खर्ब ६९ अर्ब रुपैयाँ पुग्यो

विदेशी मुद्रा सञ्चितिको आकार २५ खर्ब ६९ अर्ब रुपैयाँ पुग्यो


  • 1.9K
    Shares

    विदेशी मुद्रा सञ्चितिको आकार २५ खर्ब ६९ अर्ब रुपैयाँ पुग्यो

    काठमाडौं ।   नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा रहेको विदेशी मुद्रा सञ्चितिको आकार २५ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।

    जेठ मसान्तसम्म कुल २५ अर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा १८ अर्ब ६५ करोड रुपैयाँ बराबर रहेको छ । 

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २२७४ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने बैंक तथा वित्तीय संस्थासँग २९४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । 

    कुल रकममध्ये भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको मंगलबार सार्वजनिक रिपोर्टमार्फत राष्ट्र बैंकले जानकारी दिएको छ ।

    विदेशी विनिमय सञ्चितिले चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

    २०८२ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४२.१ प्रतिशत, १२२.९ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका राष्ट्र बैंकले जानकारी दिएको छ ।

    images
    प्रकाशित मिति :आषाढ २४ २०८२ मंगलवार - १२:५१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij