२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
आज सोमबार दिउँसो बालुवाटारमा भएको भेटवार्तामा संरक्षक चौधरीले सुदूरपश्चिममा आफ्नो पार्टीका तर्फबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई विनाकारण बर्खास्त गरेको बताएका छन्।
उनले सङ्घीय सरकारलाई आफ्नो पार्टीले दिएको समर्थनबारे समेत विचार गर्ने बताएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
यसअघि सुदूरपश्चिमका मन्त्री हटाएको भन्दै रेशम र अध्यक्ष रञ्जिताले सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षमा बस्ने बताएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij