Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

बैंकिङ प्रणालीबाट ४२ दिनका लागि आज फेरि ४५ अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४२ दिनका लागि आज फेरि ४५ अर्ब तान्दै राष्ट्र बैंक


  • 1.1K
    Shares

    बैंकिङ प्रणालीबाट ४२ दिनका लागि आज फेरि ४५ अर्ब तान्दै राष्ट्र बैंक
    images

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज पनि थप ४५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले आज असार २२ गते फेरि बैंकिङ प्रणालीबाट उक्त रकम तान्ने भएको हो। 

    यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने छन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।

    यो ४२ दिने निक्षेप संकलन उपकरणको भदौ १ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । 

     

     

     

    प्रकाशित मिति :आषाढ २२ २०८२ आइतवार - १०:३२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij